विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँ ३० पैसा मूल्य घटेको छ ।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।







