Friday, December 5, 2025
Homeफिचरकानेपोखरीले दियो विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार

कानेपोखरीले दियो विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार

कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाले सोमबार विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार वितरण गर्नुका साथै सम्मान कार्यक्रम आयोजना गरेको छ ।

प्राविधिक शिक्षा लिएका १८ जना विद्यार्थीलाई जनही २७ हजार ५०० रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै, विभिन्न तहका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष भोलाप्रसाद अधिकारीले विद्यालय मर्ज गर्दै गुणस्तरीय शिक्षामा जोड दिन पालिका तत्पर रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले सामुहिक प्रयासको आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रम गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणि रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments