विराटचोकः सुन्दरहरैंचा–७ मा रहेको सुन्दरहरैंचा महिला मञ्चको आयोजनामा भएको क्षमता विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । तीन दिन सञ्चालन भएको तालिममा ३० जनाभन्दा बढी सहभागी हुनुहुन्थ्यो ।
विराट टेलिभिजनकी कार्यक्रम निर्देशक सीमा बस्नेतले सहजीकरण गर्नुभएको कार्यक्रमको समापन सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, मञ्चका सल्लाहकार रवीन्द्र आचार्य र विनोद फुयाल, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष चिरञ्जीवि सिवाकोटी, वडा नम्बर ७ की मेलमिलाप संयोजक दुर्गा निरौला भट्टराईलगायतको उपस्थिति रहेको थियो ।







