तीनपैनीः मोरङको सुन्दरहरैंचा–५ तीनपैनीमा रहेको भानु साझा पुस्तकालयमा २१२ औँ भानु जयन्ती मनाइएको छ ।
आइतबार साँझ गायक लोचन भट्टराईज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भट्टराईले भानुभक्तीय रामायण गायन गर्नुका साथै आफ्ना अन्य केही गीत गाएर उपस्थित कलाप्रेमीलाई मुग्ध बनाउनुभएको थियो ।
कार्यक्रममा साहित्यकार मनु मञ्जिलले भानुभक्तको बारेमा आफ्नो धारणा राख्नुभएको थियो सुन्दरहरैंचा कला, साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले भानुभक्तको कृतित्व र व्यक्तित्वको सतही चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सर्जक टीका आत्रेय, सिजन श्रेष्ठ, चन्द्रमणि गुरागाईँ, रुपक श्रेष्ठले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
गायक दुर्गा पराजुली, भूमा अधिकारी, तबला वादक शर्मिला सिग्देल र गितार वादक नवीन न्यौपानेले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक सचिव विशाल गुरागाईँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकालयका सचिव गीताप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको आयोजक संस्थामा भानु साझा पुस्तकालय र नझरेका फूलहरू रहेका थिए ।
कार्यक्रममा मोरङ र सुनसरीका साहित्यकार तथा साहित्यानुरागीको उल्लेख्य उपस्थिति रहेको थियो ।







