Tuesday, December 24, 2024
Homeअर्थशेयरलगातार सात दिन बढेको शेयर बजारको उकालो यात्रामा ब्रेक

लगातार सात दिन बढेको शेयर बजारको उकालो यात्रामा ब्रेक

सुन्दरहरैंचाः लगातार ७ दिन बढेको शेयर बजार बिहीबार भने ३२.७७ अंकले घटेर २ हजार १०९.१० को बिन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८ सय ११ रुपैयाँको कारोबार भएको छ ।

उत्पादन र प्रशोधन समूह ७ दशमलव १५ तथा व्यापार समूह ३ दशमलव १० प्रतिशतबाहेक अरु सबै समूहमा रातो पोतिएको बजारमा विकास बैंक समूह सबैभन्दा धेरै ३ दशमलव २३ प्रतिशत र वित्त समूह ३ दशमलव १० प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्ट्सको सबैभन्दा धेरै ३० करोड ६८ लाख ६० हजार ८०२ रुपैयाँको कारोबार हुँदा सोनापुर आयल एन्ड मिनरल्सको २५ करोड ४७ लाख ६९ हजार ५२४ रुपैयाँ, हिमालयन डिष्टीलरीको २० करोड ६ लाख २० हजार १ सय ६० रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ३६ लाख २० हजार ४९२ रुपैयाँ र घोराही सिमेन्टको १५ करोड २३ लाख ५० हजार ५०९ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि बोटलर्स नेपाल(बालाजु), आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव ४४ प्रतिशतले घट्दा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव २६ प्रतिशत र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ८१ प्रतिशतले झरेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments