गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ मा स्थापित सुन्दरहरैंचा महिला मञ्चको आयोजनामा संस्थाका सदस्यका लागि उद्घोषण तालिम शुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा विराट टेलिभिजनकी कार्यक्रम निर्देशक सीमा बस्नेत प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । तालिममा आयोजक संस्थाका सदस्यहरु सहभागी हुनुहुन्छ ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरले नेतृत्व विकास गराउन हरेक संस्थाका पदाधिकारीले यस्तो तालिम समयसमयमा लिइरहनुपर्ने बताउनुभयो । सामाजिक कार्यमा संलग्न मञ्चले आगामी दिनमा पनि रचनात्मक कार्य गरोस् भन्ने उहाँले कामना गर्नुभयो ।
उद्घाटन समारोहमा सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य सीता अधिकारी, संस्थाका सल्लाहकार रवीन्द्र आचार्य, सुन्दरवाटिका एकेडेमीका प्रिन्सिपल विनोद फुयाल, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
तालिम सोमबार समापन हुनेछ ।








