Friday, December 5, 2025
Homeफिचरसाउन ६ गतेदेखि नेपाल इन्स्योरेन्सले हकप्रद बिक्री गर्ने

साउन ६ गतेदेखि नेपाल इन्स्योरेन्सले हकप्रद बिक्री गर्ने

विराटचोकः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४ दशमलव ७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको हुनाले जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार शेयरधनीहरुले बिक्री प्रबन्धकका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments