सलकपुरः विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्दै आएको नागरिक स्वाबलम्बन विकास (सिड) नेपालले शनिबार विद्यालय निरन्तरता कार्यक्रमको सामाजिक परीक्षण गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा सो संस्थाले विपन्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
शनिबार सुन्दरहरैंचा–८ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालयमा कार्यक्रम गर्दै सिड नेपालले सामाजिक परीक्षण सम्पन्न गरेको हो । आर्थिक अभावका कारण आफ्नो पढाइ छोड्नुपर्ने बाध्यतामा परेका प्राथमिकदेखि स्नातक तहसम्म अध्ययन गर्ने छात्रालाई यो संस्थाले साईकल पाठ्यपुस्तक, नगद, लत्ताकपडा सहयोग गर्दछ ।
संस्थाका निर्देशक अर्जुनमणि गुरागाईंका अनुसार नगरमा अहिले सम्म यो नगरमा ३०० साइकल वितरण गरिएको छ ।
कार्यक्रमको उद्देश्य र महत्वबारे सिड नेपालकी अध्यक्ष डा. विनिताकुमारी पौडेलले प्रकाश पार्नुभएको थियो । परियोजनाको प्रगतिबारे विस्तृत विवरण संस्थाका कार्यकारी निर्देशक डा. गुरागाईंले दिनुभएको थियो ।
कार्यक्रममा सामाजिक परीक्षणसम्बन्धी धारणा तथा प्रतिक्रिया कार्यक्रमका सरोकारवालाहरू—विद्यार्थी, अभिभावक, विद्यालयका प्रधानाध्यापक, स्थानीय संस्था प्रमुख तथा प्रतिनिधिहरूले राखेका थिए ।
कार्यक्रमको अध्यक्षता विदुर सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सो शिक्षा निकेतन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम ढकालले गर्नुभएको थियो ।







