Wednesday, December 25, 2024
Homeअर्थशेयरचिलिमे जलविद्युत र नेपाल इन्फ्रास्ट्रक्चरको बोनस पाउन आजसम्ममा शेयर किन्नुपर्ने

चिलिमे जलविद्युत र नेपाल इन्फ्रास्ट्रक्चरको बोनस पाउन आजसम्ममा शेयर किन्नुपर्ने

सुन्दरहरैंचाः गत आर्थिक वर्षको नाफाबाट बोनस प्राप्त गर्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे जलविद्युत कम्पनीको शेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले भोलि शुक्रबार र चिलिमे जलविद्युतले आइतबार बुक क्लोज गर्दैछन् । बुक क्लोजको अघिल्लो दिनसम्म शेयर किन्नेले बोनस पाउने र शुक्रबार शेयर बजार नखुल्ने हुनाले चिलिमेको बोनस पाउन पनि शेयरधनी बन्ने आज अन्तिम दिन हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते, मंगलबार, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । बिहान ९ बजे शुरु हुने सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

चिलिमे हाइड्रोपावर कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments