सुन्दरहरैंचाः बुधबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा नेपाल वेयर हाउजिङको शेयर सूचीकृत भएको छ । सूचीकरणसँगै आज स्पेशल प्रि ओपनमा सो कम्पनीको शेयर कारोबार खुलेमा किनबेच शुरु हुनेछ ।
नेप्सेले कम्पनीको ६८ लाख ७५ हजार कित्ता सूचीकृत गरेको हो । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसा ओपनिङ रेन्ज तोकेको छ ।
कम्पनीले गत मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।