Tuesday, December 24, 2024
Homeअर्थशेयर७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधबार २ उपसमूहमा पोतियो रातो

७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधबार २ उपसमूहमा पोतियो रातो

सुन्दरहरैंचाः ७ अर्ब रुपैयाँको कारोबार भएको साताको चौथो कारोबार दिन बुधबार नेपाली शेयरबजार ३५.३९ अंकले बढेर २ हजार १४१.८७ को विन्दुमा बन्द भएको छ । लगातार सातौँ दिन बढेको बजारमा होटल्स तथा पर्यटन र निर्जीवन बीमा समूहबाहेक अरु ११ समूहमा हरियाली छाएको छ ।

होटल तथा पर्यटन समूह १ दशमलव ८९ प्रतिशत र निर्जीवन बीमा समूह ० दशमलव ०८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ७ दशमलव १५ प्रतिशतले बढेको छ ।

बुधबार नेप्सेमा सूचीकृतमध्ये ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर १ लाख ११ हजार ७ सय २३ पटक कारोबार हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार पनि शिवम् सिमेन्ट्सको सबैभन्दा धेरै ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँको शेयर किनबेच भएको छ ।

सोल्टी होलको २४ करोड ५३ लाख ७७ हजार ६ सय ४० र सोनापुर आयल एन्ड मिनरल्सको २० करोड १५ लाख २४ हजार ३ सय ९१ रुपैयाँको शेयर किनबेच भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, माउण्टेन इनर्जी, घोराही सिमेण्ट र नागरिक लगानी कोष उच्च कारोबर गर्ने कम्पनीमा परेका छन् ।

१५ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । बोटलर्स नेपाल(बालाजु), हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मोर्दी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको हो ।

बजार बढे पनि त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थालगायत ७८ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३३ खर्ब १६ अर्ब ४९ करोड ६९ लाख ४ हजार ८ सय १३ रुपैयाँ रहेको छ । आज ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ रुपैयाँको शेयर किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments