विराटचोकः चालु आर्थिक वर्षमा विनियोजित बजेटमार्फत् मोरङको सुन्दरहरैँचा नगरपालिकाले दलित समुदायलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न पेशागत सीपमूलक सामग्री वितरण गरेको छ ।
सामग्री वितरणका लागि आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्य सीता अधिकारी, रूजा घिमिरेका साथै दलित उत्थानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
नगरले फलाम काट्ने ग्रेन्डर मेसिन २ थान, कपडा सिलाउने मेसिन ३६ थान, २ सेट नौमती बाजा तथा ६ थान आरन भाटी वितरण गरेको हो । नौमती बाजा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ र ९ मा रहेका नौमती बाजा संरक्षण समितिलाई वितरण गरिएको हो । बाँकी सामग्री व्यक्तिगत रुपमा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्माले गर्नुभएको थियो ।







