विराटचोकः निरन्तर तेस्रो दिन शेयर बजार मापक नेप्से सूचक बढेको छ । अघिल्ला दुई दिन सामान्य अंकले बढेको बजार आज १ प्रतिशतभन्दा धेरै बढेको हो ।
आज नेप्से परिसूचक २८ दशमलव १ अंक बढेर २६६० दशमलव ३९ विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ९ प्रतिशत बढेको हो । आज बैंकिङ सूचक पनि १ दशमलव ९ प्रतिशत नै बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँको कारोबार भएको छ । ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर ७० हजार २१४ पटक किनबेच भएको हो ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८७ प्रतिशत बढेको छ । युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक २ दशमलव १३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४६ करोड १६ लाख ४६ हजार १६० रुपैयाँको शेयर किनबेच भएको छ ।
लगानी उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ३८ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह र व्यापार समूहको परिसूचक सामान्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख ६ हजार ५८ रुपैयाँ कायम भएको छ ।







