Friday, December 5, 2025
Homeकला र साहित्य‘सिर्जनामा इनरुवा’को ४० औँ साहित्यिक शृङ्खला सम्पन्न

‘सिर्जनामा इनरुवा’को ४० औँ साहित्यिक शृङ्खला सम्पन्न

इनरुवाः ‘सिर्जनामा इनरुवा’को ४० औँ साहित्यिक शृङ्खला सुनसरी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । २०७७ सालमा स्थापना भएको संस्थाले भाषा, कला र साहित्यका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष लघुकथाकार ऋषि तिवारी प्रमुख अतिथि रहेको कार्यक्रममा महानन्द साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष छविनाथ रिजाल, प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, साहित्य सौगातका प्रधान सम्पादक शशिप्रसाद बजगाईं, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतका लेखक तथा स्रष्टाहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा विष्णु थापा मगर, सञ्जीव कटुवाल, रङ्गलाल भट्टराई, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, सागर तिम्सिना, एकराज भट्टराई, उमा खतिवडा, टङ्कप्रसाद भेटवाल, प्रिन्स प्रमोद ढकाल, किस्मत खतिवडा, निर्मला भट्टराई, रोहिणी रसिक, फणीन्द्रप्रसाद दाहाल, भरत गुरागाईं बर्बरिक, कान्ता भट्टराई, टङ्क राजवंशी, झोटन मेहता, राधा थारु, छत्र काफ्ले, राधा सुवेदी, जयकृष्ण यादव, भुपाल अधिकारीलगायतका स्रष्टा तथा कलाकारले रचनावाचन गर्नुभएको थियो ।

कार्यक्रममा नोबेल साकोस साहित्य संस्थाका उपाध्यक्ष भूपाल अधिकारी, कोषाध्यक्ष ऋषि तिवारी र कुमार श्रेष्ठले संयुक्त रूपमा खरिद गरेर संस्थालाई एक सेट माइक र साउन्ड बक्स हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा ‘सिर्जनामा इनरुवा’की सहसचिव राधा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । ‘सिर्जनामा इनरुवा’का अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रमेन्द्र कोइरालाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments