Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा १ करोड सङ्कलन अभियान, रञ्जित कार्कीद्वारा ३१,१०० प्रदान

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा १ करोड सङ्कलन अभियान, रञ्जित कार्कीद्वारा ३१,१०० प्रदान

विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले व्यावसायिक हितको लागि नयाँ अभियान शुरु गरेको छ । संघमा आबद्ध संगठित व्यावसायिक सदस्यहरुको हकहितका लागि आपतविपत तथा भवितव्यंमा सहयोग गर्ने उद्देश्यले एक करोड एक रुपैयाँ सङ्कलन गरी कोष खडा गरिने संघले जनाएको छ ।

वाणिज्य संघको सो कार्यको प्रशंसा गर्दै व्यावसायिक राहत कोष निर्माणमा सुन्दरहरैँचा नगरपालिका वडा न १२ निवासी सामाजिक व्यक्तित्व रञ्जित कार्कीले ३१ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको संघले जनाएको छ ।

अभियानलाई सफल बनाउन सहयोग गर्न इच्छुक सबै दाताहरुमा आग्रह कोष निर्माणका लागि आह्वान गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments