विराटचोकः सुन्दरहरैंचा–१० मा रहेको सुकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । करिब ४ दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा विभिन्न जातका बिरुवा रोपिएको हो ।
कार्यक्रमको उद्घाटन सब डिभिजन वन कार्यालय सलकपुरका वन सहायक राममाया परियारले गर्नुभएको थियो । कार्यक्रममा खोर्साने सामुदायिक विकास केन्द्रका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा सहयोगी मनहरूको सक्रिय सहभागिता रहेको थियो ।
सो वनमा टिक, साल, जामुन, खयर, कागती, अम्बा, मसला, नीमजस्ता बहुपयोगी र पर्यावरणमैत्री बिरुवाहरु रोपिएका छन् । वन क्षेत्रको संरक्षण तथा जैविक विविधता वृद्धिका लागि वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको वनले जनाएको छ ।







