सुन्दरहरैंचाः सोल्टी होटल लिमिटेडको ५ प्रतिशत स्टक लाभांशमा शेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस शेयर मूल्य समायोजन पश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८२ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
बुधबार कम्पनीको शेयर प्रतिकित्ता ५०७ रुपैयाँमा अन्तिम खरिदबिक्री भएको थियो । सोही मूल्यलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।
सोल्टीले ५ प्रतिशत बोनस शेयरका साथै २६ दशमलव ५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।