Friday, December 5, 2025
Homeफिचरगछिया खानेपानीको अध्यक्षमा उमेश वस्ती विजयी

गछिया खानेपानीको अध्यक्षमा उमेश वस्ती विजयी

दुलारीः हिजो सम्पन्न गछिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा उमेश वस्ती विजयी हुनुभएको छ ।

अध्यक्ष पदमा सदर ७४३ मतमध्ये उहाँले २६७ मत पाउनुभएको हो । अन्य उम्मेद्वारमा रामबहादुर सेलुवालले २००, नवीन दाहालले १७६ र बाबुकृष्ण दाहालले १०० मत पाउनुभएको छ ।

उपाध्यक्ष पदमा ७१० मत सदर भएकोमा ईश्वरबहादुर दाहाल खत्री २६८ मत ल्याएर विजयी हुनुभएको छ । सो पदमा तुलसीप्रसाद निरौलाले २१५, मोहनप्रसाद ढकालले १५२ र सुरेशकुमार दर्जीले ७५ मत पाउनुभयो ।

सचिव पदमा ६७८ मत सदर भएकोमा तोयानाथ न्यौपाने कमल २७२ मत ल्याएर विजयी हुनुभएको छ । टीकाराम पराजुलीले २०७, केदार नेपालले ११२ र चन्द्रप्रसाद कोइरालाले ८७ मत पाउनुभएको छ ।

कोषाध्यक्ष पदमा ६९२ मत सदर भएकोमा देवीबहादुर भण्डारी (रामकाजी) ३६१ मतका साथ विजयी हुनुभएको छ । सो पदमा नवराज पौडेलले २०२ र रोहितबहादुर दाहालले १२९ मत पाउनुभएको छ ।

लेखा संयोजकमा सदर ६०६ मतमध्ये राजेन्द्र श्रेष्ठ ३६५ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी हर्कराज परियारले २४१ मत पाउनुभएको छ ।

लेखा सदस्यमा सदर ५६९ मतमध्ये टंकमणि न्यौपाने (प्रकाश) ३०७ मत ल्याएर विजयी हुनुभएको छ । दुई जना विजयी हुने यस पदमा गणपति बास्तोला र लक्ष्मी श्रेष्ठ सापकोटाको समान २४५ मत आएको छ । थिरप्रसाद कट्टेलले २२२ र भक्तमाया अधिकारीले ११९ मत पाउनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments