सुन्दरहरैंचाः बुधबार चिरख्वा खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सो कम्पनीको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।
कम्पनीको शेयर कारोबारको लागि नेप्सेले सिकेएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारको लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
बिहीबार यही रेञ्जभित्र स्पेशल प्रि ओपनमा कारोबार भएमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले गत असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता शेयर अंकित मूल्यमा बिक्री गरेको थियो ।