Friday, December 5, 2025
Homeखेलकुदसुन्दरहरैंचा तेस्रो मेयर कपको उपाधी आयोजकको पोल्टामा

सुन्दरहरैंचा तेस्रो मेयर कपको उपाधी आयोजकको पोल्टामा

विराटचोकः शनिबार मोरङको सुन्दरहरैँचामा सम्पन्न तेस्रो मेयर कपको उपाधी आयोजक सुन्दरहरैँचा नगरपालिकाले हात पारेको छ । सुन्दरहरैंचा–१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई सुन्दरहरैँचाले १ का विरुद्ध २ गोल गर्दै पराजित गरेको हो ।

खेलको ११ औँ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का निरज परियारले खेलमा पहिलो गोल गरेका थिए । सुन्दरहरैँचाका जर्सी नं. १२ का खेलाडी आशिष वनले ३१ औं मिनेटमा आफ्नो टिमको लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको ३४ औँ जर्सी नं. १३ का खेलाडी पूजन चौधरीले सुन्दरहरैंचाका लागि गरेको गोल नै निर्णायक बन्न पुग्यो । विजेता टिमले नगद ४ लाख र उपविजेताले नगद २ लाख रुपैयाँका साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेलको म्यान अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भई नगद पुरस्कार २ हजार ५ सय प्राप्त गरे । बेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, बेस्ट मिड फिल्डर सुन्दरहरैंचाका विवश गुरुङ, बेस्ट गोलकिपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, बेस्ट डिफेन्डर विजय राई घोषित भई जनही ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै म्यान अफ द सिरिज सुन्दरहरैंचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

फाइनल खेलपछिको समापन कार्यक्रम सुन्दरहरैंचा खेलकुद विकास समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा मोरङका ६ वटा पालिका तथा सुनसरीका २ वटा पालिकाले भाग लिएका थिए ।

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments