विराटचोकः शुक्रबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।