Tuesday, December 24, 2024
Homeअर्थशेयरनबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन गर्दै

नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन गर्दै

विराटचोकः नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नबिलले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्ने भएको छ । यस ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिने र सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने पुस १३ गतेसम्म न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने जनाइएको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत् शेयर खरीदको आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments