विराटचोकः लगातार आज छैटौँ दिन नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ७४ प्रतिशत अर्थात २० दशलमव ६८ अंकले घटेर २ हजार ७५१ दशमलव ४२ विन्दुमा अडिएको छ । आज अन्यबाहेक बाँकी सबै समूहको सूचक राताम्य भएका छन् ।
आज ३११ वटा कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँको ८७ हजार १५६ कित्ता शेयर किनबेच भएको छ । आज अन्य समूह ० दशमलव ०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा रातो पोतिएको छ ।
आज नेपाल पुनर्बीमाको सर्वाधिक ७३ करोड ५० लाख ९० हजार ९२९ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, घलेम्दी हाईड्रो, गार्डियन माईक्रो लाइफ उच्च कारोबार गर्ने पाँच कम्पनीमा परेका छन् ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढ्यो । उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक ६ दशमलव ९८ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ६८ अर्ब ६१ करोड २४ लाख ८८ हजार ५८६ रुपैयाँ कायम भएको छ ।







