विराटचोकः राष्ट्रिय बाल दिवसको अवसरमा नगर बाल सञ्जाल सुन्दरहरैंचाले आज नगरस्तरीय विभिन्न प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ ले नाटक प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । सुविजीमुर सेकेण्डरी स्कुल दोस्रो र प्रभातकिरण इङ्लिस स्कुल तेस्रो भएका छन् ।
चित्रकला प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी स्कुल पहिलो, सुन्दरवाटिका एकेडेमी दोस्रो र हिमालय इङ्लिस सेकेण्डरी स्कुल तेस्रो भएका छन् ।
नेपाली हस्तलेखन प्रतियोगितामा सुविजीमुर सेकेण्डरी स्कुल पहिलो, हिमालय इङ्लिस स्कुल दोस्रो र सुन्दरवाटिका एकेडेमी तेस्रो भएका छन् ।





