Tuesday, September 15, 2026
Homeअर्थशेयरघाटामा शेयर बेच्दा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य गरिँदै, लाभकर पनि आधा...

घाटामा शेयर बेच्दा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य गरिँदै, लाभकर पनि आधा घटाइँदै

विराटचोकः शेयर लगानीकर्ताका लागि खुशीको खबर आउँदैछ । अब शेयर लगानीकर्ताहरूले नोक्सानमा शेयर बेच्दा समायोजन गर्न पाउने भएकाले घाटामा बिक्री हुँदा पनि लाभकर तिर्नुपर्ने व्यवस्था अन्त्य हुने भएको छ ।

अर्थ मन्त्रालयले सोमबार जारी गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो ।

यस्तो समायोजनका लागि अर्थ मन्त्रालयले अध्ययनसहित लाभकर गणना विधिमा सुधार गर्ने र घाटा भएको अवस्थामा समायोजन गर्न पाउने व्यवस्था भएको छ । यस्तोमा खुद लाभ भएको अवस्थामा मात्रै कर लाग्ने र यो कर अन्तिम हुने समेत बताइएको छ ।

अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई पनि संशोधन गरेको छ । व्यक्तिगत लगानीकर्ताका लागि एक वर्षभन्दा बढी अवधिपछि शेयर बिक्री गर्दा हुने लाभमा ३.७५ प्रतिशत पूँजीगत लाभकर र एक वर्षभन्दा कम अवधिकोमा पाँच प्रतिशत पूँजीगत लाभकर तोक्ने भएको छ ।

हाल यस्तो लाभकर क्रमशः ७ प्रतिशत र १० प्रतिशत छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments