Tuesday, September 15, 2026
Homeअर्थशेयरतीजको दिन शेयर बजारमा सुधार, कारोबार रकम पनि वृद्धि

तीजको दिन शेयर बजारमा सुधार, कारोबार रकम पनि वृद्धि

विराटचोकः तीजको दिन हिजो साताको पहिलो कारोबार दिन शेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २५.५५ अंकले बढेर २ हजार ५८५.०४ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३६ वटा स्टकको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४९ हजार ७४ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटामध्ये सामुहिक लगानी कोषबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात् १.६७ प्रतिशतले बढेको छ ।

एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक २४ करोड ९० लाख ७४ हजार १८७ रुपैयाँको शेयर किनबेच भएको छ । लिबर्टी इनर्जीको २३ करोड ८४ लाख, सानिमा मिडिल तमोरको २० करोड ३८ लाख, रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७९ लाख र अपि पावरको १७ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ६.४३ प्रतिशतले बढ्दा त्रिशुली जलविद्युतको मूल्य ६.३८, श्रीजनशील लघुवित्तको ५.९३ र सर्वोत्तम पेन्ट्सको मूल्य ५.४० प्रतिशतले बढेको छ ।

उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ८.२३ प्रतिशतले घट्दा अभियान लघुवित्तको शेयरमूल्य ५.२२ र इमर्जिङ नेपालको शेयरमूल्य ३.८६ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ४६ अर्ब ६२ करोड ३७ लाख १२ हजार ८०६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments