Saturday, July 19, 2025
Homeफिचरअध्यक्षसहित नेकपा एमाले जिल्ला कमिटी मोरङमा सुन्दरहरैंचाबाट निर्वाचित हुनेहरू

अध्यक्षसहित नेकपा एमाले जिल्ला कमिटी मोरङमा सुन्दरहरैंचाबाट निर्वाचित हुनेहरू

विराटचोकः नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका दुवै जना उम्मेद्वार सुन्दरहरैंचाका हुनुहुन्थ्यो । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राई र पूर्व प्रदेश वन राज्यमन्त्री राजकुमार ओझाबीच अध्यक्ष पदका लागि भएको निर्वाचनमा अजम्बर राई ४४६ मत ल्याएर निर्वाचित हुनुभएको छ । ओझाले ४०७ मत ल्याउनुभएको छ ।

त्यस्तै, उपसचिव पदमा सुन्दरहरैंचाकै सन्तोष बान्तवा ४९० मत ल्याएर विजयी हुनुभएको छ । सो पदका अर्का प्रतिष्पर्धी इजालाल राजवंशीले ३११ मत ल्याउनुभएको थियो ।

महिला सदस्य पदमा सुन्दरहरैंचाबाट रुकमिणा घिमिरे (रुजा) ३९१ मत ल्याएर विजयी हुनुभएको छ । ३ जना निर्वाचित हुनुपर्ने सो पदमा ५ जनाको उम्मेद्वारी परेको थियो ।

आदिवासी जनजाति खुलामा भक्तकिरण राई २९८ मत ल्याएर विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने सो पदका लागि ५ जनाले उम्मेद्वारी दिनुभएको थियो ।

दलित महिला सदस्यमा टुनाकुमारी विश्वकर्मा (प्रमिला) २६४ मत ल्याएर विजयी हुनुभएको छ । एक जना निर्वाचित हुने सो पदमा ५ जनाको उम्मेद्वारी परेको थियो ।

भूगोल खुलामा सुन्दरहरैंचाबाट ७ जना निर्वाचित हुनुभएको छ । इन्द्रप्रसाद भट्टराई (४८६), खेमप्रसाद न्यौपाने (४८६), खड्गबहादुर श्रेष्ठ (३७२), गणेश चौधरी (३६४), रोशनप्रसाद ढकाल (३५४), जयप्रकाश रायमाझी (३५१) र उमेश वस्ती (३४५) निर्वाचित हुनुभएको छ । सो पदका लागि १२ जनाको उम्मेद्वारी परेको थियो । उहाँहरुमध्ये न्यौपाने, चौधरी र ढकाल सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ८, ५ र १२ का वडाध्यक्ष हुनुहुन्छ । श्रेष्ठ नगर खेलकुद विकास समितिका सदस्य सचिव हुनुहुन्छ ।

भूगोल महिलामा उपप्रमुख अकली चौधरी ५७८ मत ल्याएर विजयी हुनुभएको छ । वडा नम्बर ११ निवासी तुलसा आचार्य ४९८ मत ल्याएर विजयी हुनुभएको छ । निवर्तमान कार्यपालिका सदस्य तारा घिमिरे ३८९ र कार्यपालिका सदस्य बबिता खापुङ ३४८ मत ल्याएर विजयी हुनुभएको छ । ४ जना निर्वाचित हुने सो पदमा ६ जनाको उम्मेद्वारी परेको थियो ।

भूगोल युवामा मनोज दाहाल ३५९ मत र मिलन घिमिरे (रुद्र) ३४७ मत ल्याएर विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने सो पदमा ४ जनाको उम्मेद्वारी परेको थियो ।

सदस्य युवा हलतर्फ मनोज राई ३४० मत ल्याएर विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने सो पदमा ६ जनाको उम्मेद्वारी परेको थियो ।

थप समाचार
नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित

नेकपा एमाले मोरङमा संस्थापन इतर पक्षको प्यानल नै विजयी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments