Friday, December 5, 2025
Homeफिचरनेकपा एमाले मोरङमा संस्थापन इतर पक्षको प्यानल नै विजयी

नेकपा एमाले मोरङमा संस्थापन इतर पक्षको प्यानल नै विजयी

विराटनगरः नेकपा एमाले मोरङको दशौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापन पक्ष इतरको प्यानल नै विजयी भएको छ ।

अन्तिम मतपरिणामअनुसार अध्यक्षका उम्मेद्वार अजम्बर राईले ४४६ मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा सागर थापाले ४२२ मत ल्याउँदा संस्थापन पक्षकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत ल्याउनुभएको छ ।

उपसचिवमा सन्तोष वान्तवाले ४९० मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ तथा महिला उपसचिवमा उषा झाले ४१८ मत ल्याउँदा शिल्पा कार्कीले ४०५ मत ल्याउनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments