Saturday, July 19, 2025
Homeफिचरनेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित

नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित

विराटचोकः नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनमा लेटाङ नगरपालिकाबाट ८ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । जसमा हल खुलातर्फबाट १ जना, लेटाङ भूगोल खुलाबाट ४ जना, लेटाङ भूगोल युवाबाट १ जना र लेटाङ भूगोल महिलाबाट २ जना विजयी भएका छन् ।

हल खुलातर्फबाट लेटाङ ३ का रुद्र श्रेष्ठ ३ सय २१ मत प्राप्त गरी विजयी हुनुभएको छ । लेटाङ भूगोल महिलातर्फ २ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेकामा लेटाङ ९ की केशवकुमारी खतिवडा ५ सय ३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले लेटाङबाट विजयी हुनेमध्ये सर्वाधिक मत प्राप्त गर्नु भएको हो । लेटाङ भूगोल महिलातर्फबाट लेटाङ २ की मेनुका आचार्य सुवेदी ३ सय ७१ मत ल्याएर, लेटाङ भूगोल युवातर्फको १ मात्र कोटामा २ जनाको उम्मेदवारी परेकामा ३ सय ७८ मत प्राप्त गर्दै लेटाङ ४ की वडा सदस्य चम्पा थापा मगर विजयी हुनुभएको छ ।

लेटाङ भूगोल खुलातर्फ लेटाङले पाएको ४ वटा जिल्ला सदस्य पदमा ८ जनाको उम्मेद्वारी परेकामा लेटाङ– ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ ४ सय ३५ मत ल्याएर विजयी हुनुभएको छ । भूगोल खुलातर्फ लेटाङ– ३ का वडाध्यक्ष डम्बरबहादुर राई ३ सय ४३, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर ३ सय ४२ र लेटाङ– ९ का वडासदस्य खेमराज ढकाल ३ सय २८ मत ल्याएर विजयी हुनुभएको छ ।

तस्बिरः मोरङ खबर

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments