Friday, December 5, 2025
Homeफिचरआज अन्तरराष्ट्रिय महिला दिवस

आज अन्तरराष्ट्रिय महिला दिवस

विराटचोकः आज अन्तरराष्ट्रिय महिला दिवस हो । हरेक वर्ष ८ मार्चमा विश्वभर विभिन्न् कार्यक्रम गरेर यो दिवस मनाइन्छ ।

सन् १९१० मा क्लारा जेटकिन नामकी एक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालेको सम्झनामा यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस, वा महिला दिवस, श्रमिक आन्दोलनबाट उत्पत्ति भएको हो, जुन पछि संयुक्त राष्ट्र सङ्घले वार्षिक उत्सवको रूपमा मान्यता दिएको थियो ।

सन् १९०८ मा न्युयोर्क शहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा यो आन्दोलन शुरु भएको थियो । महिलाको कामको समय घटाउनुपर्ने उनीहरूको माग थियो । तलब राम्रो हुनुपर्छ र महिलाले पनि मतदानको अधिकार पाउनुपर्ने पनि माग थियो । एक वर्ष पछि, अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गर्याे ।

सर्वप्रथम क्लारा जेटकिन नामकी बामपन्थी महिला कार्यकर्ताले महिला अधिकारका लागि आवाज उठाएकी थिइन् । उनले सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुझाव दिएकी थिइन् । उक्त सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए र उनीहरूले क्लाराको सुझावलाई सर्वसम्मत स्वीकारेका थिए ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मनाउन थालेपछि अन्तर्राष्ट्रिय महिला दिवसलाई औपचारिक रूपमा मान्यता दिइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments