विराटचोकः आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९९० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।







