विराटनगरः नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हिजो राति सम्पन्न मतदानमा ८ सय ८८ जना प्रतिनिधिले मतदान गरेका छन् । मतगणना आज हुने बताइएको छ ।
हिजो बिहान १० बजे विराटनगरस्थित होटल मनास्लु इनमा सम्पन्न मतदानमा ९ सय ११ जना प्रतिनिधिमध्ये ८ सय ८८ जनाले मताधिकार प्रयोग गरेका थिए । मतगणना भने पार्टी कार्यालय विराटनगर पाञ्चालीमा हुने भएको छ ।
अधिवेशनमा संस्थापन समूहबाट राजकुमार ओझा र संस्थापन इतर समूहबाट अजम्बर राईबीच नेतृत्वका लागि मतदान भएको छ । दुवै समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएकोमा ७१ जना निर्विरोध निर्वाचित भएका थिए । ६३ जनाले उम्मेद्वारी फिर्ता लिएका थिए । शनिबार शुरु भएको सो अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
दुवै पक्षलाई मिलाएर सर्वसम्मतको प्रयास भए पनि सहमति नजुट्दा निर्वाचनमार्फत् पदाधिकारी चयन हुने भएको हो ।
एमाले मोरङको नेतृत्वका लागि ओझा र राईको उम्मेद्वारी, दुवै जना सुन्दरहरैंचाका







