Friday, December 5, 2025
Homeफिचरएमाले मोरङको नेतृत्वका लागि ओझा र राईको उम्मेद्वारी, दुवै जना सुन्दरहरैंचाका

एमाले मोरङको नेतृत्वका लागि ओझा र राईको उम्मेद्वारी, दुवै जना सुन्दरहरैंचाका

विराटचोकः नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेद्वारी दिनुभएको छ । १७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले तथा संस्थापनइतर पक्षबाट अजम्बर राईले उम्मेद्वारी दर्ता गर्नुभएको छ । उहाँहरु दुवै जना सुन्दरहरैंचाका बासिन्दा हुनुहुन्छ ।

ओझा पूर्व प्रदेश राज्यमन्त्री तथा सुकुना बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुनुहुन्छ । ओझाको समूहबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गराउनुभएको छ ।

जिल्ला समन्वय समिति मोरङका वर्तमान अध्यक्ष राई दुलारी गाविसका पूर्व अध्यक्ष हुनुहुन्छ । राईको समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले मनोनयन दर्ता गराउन्ुभएको छ ।

९११ जना मतदाताले १६५ सदस्यीय कमिटी चयनका लागि भोलि मतदान गर्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments