Friday, December 5, 2025
Homeफिचरनेकपा एमाले मोरङको मतगणना १२ बजेपछि मात्रै शुरु हुने, बैठक बस्न बाँकी

नेकपा एमाले मोरङको मतगणना १२ बजेपछि मात्रै शुरु हुने, बैठक बस्न बाँकी

विराटनगरः नेकपा एमालेको मोरङको १० औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनपछि पार्टीको जिल्ला नेतृत्व चयनका लागि हिजो राति मतदान सम्पन्न भए पनि मतगणना हुन भने बाँकी छ ।

पार्टी कार्यालयका अनुसार मतगणना हुनुपूर्वको बैठक बस्न नसकेकाले मतगणना हुन नसकेको हो । केही समयमै बैठक बसेर सहमति जुटाएर दिउँसो १२ बजेपछि मतगणना शुरु हुने बताइएको छ ।

निर्वाचनमा संस्थापन समूहबाट राजकुमार ओझा र संस्थापन इतर समूहबाट अजम्बर राईबीच नेतृत्वका लागि मतदान भएको छ । दुवै समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएकोमा ७१ जना निर्विरोध निर्वाचित भएका थिए । ६३ जनाले उम्मेद्वारी फिर्ता लिएका थिए । शनिबार शुरु भएको सो अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

एमाले मोरङको नेतृत्वका लागि ओझा र राईको उम्मेद्वारी, दुवै जना सुन्दरहरैंचाका

एमाले मोरङको नयाँ नेतृत्वका लागि ८८८ प्रतिनिधिले गरे मतदान, आज मतगणना

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments