विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको थियो ।







