विराटचोकः उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गतेदेखि सञ्चालित उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवको मुख्य आकर्षणको रुपमा रोटे पिङ रहेको छ ।
पहिले दशैं तथा तिहारमा जताततै हालिने रोटे पिङ अहिले कतै पनि देखिँदैनन् । पछिल्लो पुस्ताले रोटे पिङ नै नदेखेको पनि हुन सक्छ । महोत्सवमा रोटे पिङको प्रदर्शनी गर्नुका साथै रोटे पिङको बारेमा पछिल्लो पुस्तालाई पनि जानकारी होस् भनेर महोत्सवमा रोटे पिङ राखिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ बताउनुहुन्छ ।
अध्यक्ष सिरेङका अनुसार रोटे पिङ खेलेर रमाइलो गर्नेको सङ्ख्या निकै छ । कतिपयले दिनहुँ सो पिङ खेल्नुहुन्छ ।
फागुन २५ गतेसम्म सो महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।







