Friday, December 5, 2025
Homeफिचरबीमा नियमावली स्वीकृत, अभिकर्ता बन्न १२ कक्षा पास हुनुपर्ने

बीमा नियमावली स्वीकृत, अभिकर्ता बन्न १२ कक्षा पास हुनुपर्ने

विराटचोकः सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेर लागू गरेको हो । बीमा ऐन २ वर्ष अगाडि नै ऐन लागू भए पनि त्यसको नियमावली भने हालै मात्रै बनेर लागू भएको हो ।

बीमा ऐन, २०७९ को आधारमा जारी गरिएको नयाँ नियमावलीले बीमक, पुनर्बिमक, बिमा मध्यस्थकर्ता, तेस्रो पक्ष सहजकर्ता, बीमा सेवा प्रदायक तथा बीमितहरूका लागि कानुनी व्यवस्था गरिएको छ । नियमावलीले व्यवस्थापन समूह गठन गरी त्रैमासिक रूपमा बिमा बजारको अनुगमन, अध्ययन तथा नीति निर्माण गरिने व्यवस्था गरेको छ ।

अब अभिकर्ता बन्न कम्तीमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने छ । पुराना अभिकर्ताको हकमा भने एसएलसी नै कायम रहेको छ । बीमा अभिकर्ताका लागि विशेष तालिम तथा परीक्षा अनिवार्य गरिएको छ । बीमा दलाल तथा तेस्रो पक्ष सहजकर्ताका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । अभिकर्ताहरूले निश्चित बिमालेख बिक्री गर्नुपर्ने तथा नवीकरण मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

बीमा दाबी भुक्तानी प्रक्रियालाई पनि सरल र छरितो बनाउन समयसीमा तोकिएको छ । निर्जीवन बीमामा सर्भेयरले तीन दिनभित्र रिपोर्ट पेश गर्नुपर्ने छ भने बिमकले १५ दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । जीवन बीमामा बीमालेख परिपक्व भएपछि सात दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । मृत्युदाबीको हकमा बीमितको मृत्यु भएको १५ दिनभित्र भुक्तानी टुंग्याउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

बिमितलाई अन्याय भएमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले उजुरी दर्ता गरेपछि छ महिनाभित्र टुङ्ग्याउनु पर्नेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments