Friday, December 5, 2025
Homeफिचरकबिर माविको ३७ औँ अभिभावक दिवसमा ३ जना सम्मानित

कबिर माविको ३७ औँ अभिभावक दिवसमा ३ जना सम्मानित

बेलबारीः बेलबारी–२ मा रहेको कबिर माविको वार्षिक उत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको २ तले नयाँ भवनको उद्घाटन गरिएको छ । त्यस्तै २ जना शिक्षक तथा विद्यालय स्थापनामा सहयोग पुर्याउने एक जना स्थानीयलाई विद्यालयले सम्मान गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईद्वारा उद्घाटित कार्यक्रममा शिक्षक सञ्जीव धिमाल र सरस्वती दाहाल न्यौपाने सम्मानित हुनुभएको हो । २०४३ सालमा प्रथम आम भेला गराई कबिर स्कुलको सञ्चालनको योजना अग्रसर हुने तत्कालीन वडा नं.४ का अध्यक्ष स्व. तुलसीराज राईलाई विद्यालयले मरणोपरान्त सम्मान गरेको हो । स्वर्गीय राईलाई दिइएको सम्मान उहाँका भतिज प्रेम राईलाई हस्तान्तरण गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments