बेलबारीः नेपाल ललितकला प्रतिष्ठा र बेलबारी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हिजोदेखि बेलबारीमा शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
बेलबारी १ स्थित तमु बुद्धिष्ट गुम्बामा भइरहेको प्रदर्शनी २० गते समापन हुनेछ ।
प्रदर्शनीमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको झल्को दिने चित्रकला, सामाजिक यथार्थ झल्काउने डिजिटल आर्ट र परम्परागत मूर्तिकलाहरू मुख्य आकर्षण रहेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कोशी प्रदेश संयोजक सञ्जय बान्तवाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जेबी थुलुङले गर्नुभएको थियो ।







