Friday, December 5, 2025
Homeफिचरविराटनगरमा आजदेखि कोशी विचार उत्सव हुने

विराटनगरमा आजदेखि कोशी विचार उत्सव हुने

विराटनगरः विराटनगरमा आजदेखि कोशी विचार उत्सव हुने भएको छ । वीणा फाउन्डेसनको आयोजनामा हुने महोत्सव पर्सि १७ गते सम्पन्न हुनेछ ।

उत्सवमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, योगेश भट्टराई, मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने फाउन्डेसनका संस्थापक बरुण झाले बताउनुभयो ।

सो उत्सवको प्यानल छलफलमा पत्रकारहरू टीकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारी, विनय बाराकोटीलगायतले सहजीकरण गर्ने भएका छन् ।

विचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

 कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत रहने भएको छ । क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments