विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलमा १५ रुपैयाँ घटेको थियो ।







