लेटाङः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लेटाङको तेस्रो अधिवेशनले नोबेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सो अधिवेशनले सचिवमा खगेन्द्र कार्की, कोषाध्यक्षमा ममता अधिकारी, सदस्यमा हरि काफ्ले र ठगेन्द्रबहादुर थापा तथा लेखा समिति संयोजकमा खगेन्द्रराज भण्डारी र सदस्यमा सुरेन्द्रजंग राई तथा अनिशा मगरलाई निर्विरोध निर्वाचित गरेको छ ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने पब्लिक सेन्टर बोर्डिङ स्कुलकी कोपिला मगर, लेटाङ ग्रीन भ्याली एकेडेमीकी बास्ना राई, अमरहट मेमोरियलकी पार्वती चौधरी, सनराइज बोर्डिङ स्कुलकी स्मारिका रसाइली, मोरङ पाथिभराकी राधिका घिमिरे गौतम, लिटिल फ्लावर्सका सर्वज्ञ घिमिरे, मिनर्वा सेकेण्डरीका किरण राई, जाँते नमुनाका चन्द्रबहादुर गुरुङ, पूर्वाञ्चल स्कुलका लोकनाथ तिम्सिना, जाँते प्यारागनकी राधिका कर्की, लेटाङ सेकेण्डरी स्कुलकी भीमा लिम्बू, ग्यालेक्सी एकेडेमीका टीकाराम खनाल, टेण्डर वर्डस्की हरिकला लायमगर रोबेल एजुकेशनकी शान्ता नेम्वाङलाई सम्मान गरिएको थियो ।
गत वर्षको एसइइ परीक्षामा संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल लेटाङ ग्रीन भ्यलीका गौरव अधिकारी, ग्यालेक्सी एकेडेमीकी सामना लिम्बू र २०८० को आधारभूत तहको परीक्षामा संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल लिटल फ्लावर्स बोर्डिङ स्कुलका आयुषा तामाङ र संयोग मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थागत विद्यालयका २८ जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
लेटाङ प्याब्सनका अध्यक्ष कमल अधिकारीको अध्यक्षता तथा मोरङ प्याब्सनका अध्यक्ष जगत बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन मोरङका सचिव देवी सिटौला र लेटाङ प्याब्सनका पूर्वअध्यक्ष इन्द्र घिमिरेले आफ्ना धारणा राख्नुभएको थियो ।
अधिवेशनको खुला सत्रमा अध्यक्ष कमल अधिकारीले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक जसबहादुर राईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।







