विराटचोकः आज अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । अस्ति माघ २२ गते बनाएको रेकर्डलाई तोडेर डलरको विनिमय दरले आज नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ २५ पैसा र खरिददर १३९ रुपैयाँ ६५ पैसा कायम गरेको छ । गत माघ २२ गते डलरको यस्तो दर क्रमशः १३९ रुपैयाँ ८० पैसा र १३९ रुपैयाँ २० पैसा थियो ।
आज युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।







