विराटचोकः यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने सुन्दरहरैंचा विराट एक्स्पोको प्रचारप्रसारलाई तीव्र बनाइएको छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमका साथै भीभीआईपी पासको रुपमा प्रयोग हुने ज्याकेट बिक्री गरी सो ज्याकेट लगाएर प्रचार थालिएको एक्स्पो शुरु हुने दिन नजिकिँदै गर्दा स्टिकर अभियान शुरु गरिएको छ । एक्स्पोमा हुने बहस, साहित्यिक कार्यक्रम, योग, ध्यान आदिको समन्वय गर्ने संस्थाले पनि आफूले गर्ने गतिविधिको जानकारीसहितको प्रचार गरिरहेका छन् ।
विभिन्न किसिमका स्टिकर बनाएर बस, कार, भ्यान, मोटरसाइकल, स्कुटर, सिटी सफारीलगायतका साधनमा टाँस्नुका साथै मोबाइलमा पनि त्यस्ता स्टिकर टाँस्ने गरिएको छ । घरघरमा पुग्ने सिटी सफारी, हातहातमा हुने मोबाइल र धेरै जनाले यात्रा गर्ने बसमा स्टिकर टाँस्दा प्रचारप्रसार व्यापक हुने भएकाले स्टिकर टाँस्ने अभियान अघि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक कृष्णप्रसाद ओझाले जानकारी दिनुभयो ।







