Friday, December 5, 2025
Homeअर्थसहकारी बैंकद्वारा सुन्दरहरैंचाका सहकारीलाई कोपोमिससम्बन्धी अभिमुखीकरण

सहकारी बैंकद्वारा सुन्दरहरैंचाका सहकारीलाई कोपोमिससम्बन्धी अभिमुखीकरण

विराटचोकः राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा कोपोमिससम्बन्धी तालिम दिएको छ । बुधबार बैंकको सभाहलमा सुन्दरहरैंचा क्षेत्रभित्र रहेका सहकारीका प्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण गराएको छ ।

शाखा प्रमुख मनोज लामिछानेले सहकारी संघ\संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको बताउनुभयो । उहाँले व्यक्तिमा निहित ज्ञानलाई अभिमुखीकरणले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागितासहित अधिक लाभ लिन आग्रह गर्नुभयो । मागमा आधारित मासिक प्रतिवेदन दाखिला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभिमुखीकरणमा १२ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई सहकार्यमा काम गर्न, कन्सोर्टियम (साझेदारी) मा व्यवस्थापनका विभिन्न तरिकाहरू र उत्कृष्ट रणनीतिहरू सिकाउनका लागि यो तालिमले सहयोग पुर्याउँछ । यस प्रकारको अभिमुखीकरणले धेरै कम्पनीहरू र संगठनहरूलाई सफलतापूर्वक सहकार्यमा काम गर्न र एकअर्कासँग मिलेर लक्ष्य प्राप्त गर्नका लागि प्रभावकारी ढंगले सहयोग पुर्याउँछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments