Friday, December 5, 2025
Homeफिचरलगातार ३ दिन बढेको बजारमा आज गिरावट

लगातार ३ दिन बढेको बजारमा आज गिरावट

विराटचोकः लगातार ३ कारोबार दिन बढेको शेयर बजार आज भने दोहोरो अंकले झरेको छ । आज नेप्से परिसूचक ० दशमलव ५१ प्रतिशत अर्थात १४ दशमलव ०८ अंकले घटेर २ हजार ७१५ दशमलव ९१ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतिँदा आज अन्य समूह ०.४३ प्रतिशत र जलविद्युत समूह ०.१५ प्रतिशतले बढेका छन् । विकास बैंक समूह सर्वाधिक २ दशमलव ६० प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३० करोड ८७ लाख १३ हजार ७९२ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी, हिमालयन उर्जा, हिमालयन रि इन्स्योरेन्स, पिपुल्स हाईड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार घटे पनि जोशी हाईड्रोपावर शेयरमूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ६ अर्ब १० करोड ९२ लाख ७ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments