विराटचोकः नेपाली बजारमा आज पनि सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो पनि सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।







