Friday, December 5, 2025
Homeफिचरमोरङ जिल्लास्तरीय वादविवादमा सेन्ट जोसेफ र सत्यनारायण पहिलो

मोरङ जिल्लास्तरीय वादविवादमा सेन्ट जोसेफ र सत्यनारायण पहिलो

विराटनगरः चुडाकवि फाउन्डेसनको आयोजनामा बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा भएको मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगितामा सेन्ट जोसेफ र सत्यनारायण माध्यमिक विद्यालयले पहिलो भएका छन् । प्रतियोगितामा पक्षको तर्फबाट सेन्ट जोसेफका रिजन मिश्र र विपक्षमा सत्यनारायण माविका युनिसा गौतम प्रथम हुुुनुभएको हो ।

त्यसैगरी, पक्षमा पोखरिया माध्यमिक विद्यालयकी रागिनी न्यौपाने र विपक्षमा मोरङ पब्लिकका आज्ञा ओली दोस्रो हुँदा पक्षमा एभरेस्ट माविका खिलराज ढकाल र विपक्षमा साजीलाल माविकी आरती अधिकारी तेस्रो हुनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः २० हजार, १५ हजार र ११ हजार रुपैयाँका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत गरी ३४ वटा माध्यमिक विद्यालयका ६८ जना विद्यार्थी सहभागी थिए ।

सिस्नुपानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई र शिक्षाविद् भेषजा काफ्ले निर्णायक रहनुभएको प्रतियोगिता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो पक्ष र विपक्षमा आफ्ना तर्क राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले युवाहरूलाई देशको विकासमा लगाउन सक्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानले बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई सम्मान पनि गरेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments