विराटचोकः सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अङ्क अर्थात् ० दशमलव ०८ प्रतिशतले बढेर २ हजार ७३० बिन्दुमा पुगेको छ । बजार बढे पनि हिजोको भन्दा कारोबार रकम भने घटेको छ ।
सोमबार नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर १ लाख ११ हजार ९१८ पटक किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५३८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको बजारमा सोमबार निर्जीवन बीमा समूह सर्वाधिक ० दशमलव ८२ प्रतिशतले बढेको छ । व्यापार समूह ०.७९, सामुहिक लगानी कोष ०.७८ जीवन बीमा ०.६७, बैंकिङ समूह ०.५४, उत्पादन तथा प्रशोधन ०.२७ र लघुवित्त समूह ०.१० प्रतिशतले बढेका छन् ।
फाइनान्स समूह आज सर्वाधिक १ दशमलव ०७ प्रतिशतले घट्दा अन्य समूह ०.६०, जलविद्युत समूह ०.४८, लगानी समूह ०.४७, विकास बैंक समूह ०.३९ र होटल समूह ०.०१ प्रतिशतले घटेका छन् ।
नेपाल एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३५ करोड ३० लाख ७५ हजार १६ रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख ४० हजार ७४ रुपैयाँ र वरुण हाईड्रोपावरको ३० करोड २२ लाख ६३ हजार ९२९ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार झिनो अंकले बढे पनि आज उपकार लघुवित्त र भूगोल ईनर्जीको शयरमूल्य १० प्रतिशतले बढेको छ । बजार बढे पनि ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २९ अर्ब ४८ करोड ४७ लाख ७८ हजार ६३१ रुपैयाँ कायम भएको छ ।







