Friday, December 5, 2025
Homeफिचरआइतबार उच्च अङ्कले शेयर बजार बढ्दा कारोबार रकम ५ महिनायताकै उच्च

आइतबार उच्च अङ्कले शेयर बजार बढ्दा कारोबार रकम ५ महिनायताकै उच्च

विराटचोकः आइतबार नेप्से परिसूचक उच्च अङ्क अर्थात् ६९ दशमलव ८० अङ्क बढेर २७२७ दशमलव ५८ विन्दुमा पुगेको छ । २ दशमलव ६२ प्रतिशतले बढेको नेप्सेसँगै आइतबार कारोबार रकम पनि पाँच महिनाकै उच्च भएको छ । आइतबार ३३० कम्पनीको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच भएको छ । गत भदौ १८ गते नेप्सेमा साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । भदौ १९ गते १२ अर्ब ९२ करोडको शेयर कारोबार भएको थियो । आइतबार भदौ १९ को रेकर्ड तोडिएको हो ।

९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामीण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेका हो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ९७ लाख २ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक उच्च कारोबार गर्ने दोस्रो र तेस्रो कम्पनी बनेका छन् ।

नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढ्दा लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ९२ प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार ४३१ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments